२०६४ पुस १८
प्रशिक्षण कार्यक्रमका अध्यक्ष कमरेड हाम्रो पार्टीका सहयोद्धा कमरेड उपस्थित सबै कमरेडमा क्रान्तिकारी अभिवादन।
कमरेडहरु तपाईहरुको रिपोर्ट संष्लेसितरुपमा तपाइँहरुले धेरै राम्रो तयारी गरेर प्रस्तुत गर्नुभएको रहेका छ। सबैकम भावना सबैका जिज्ञासा त्यसमा समेटिएका होलाजस्तो लाग्छ। - जना कमरेडले प्रत्येक ब्रिगेडमा सल्लाह गरी जो रिपोटै राख्नुभएको मलाई के अनुभूति भयो भने यो देशैभरको प्रश्न हुन् देशभरकै रिपोर्ट हो। हुन तेस्रो डिभिजनबाट यो आयोजित भयो।

तपाईहरु सबै तेस्रो डिभिजनसँग सम्बन्धित हुनुहुन्छ। तर प्रश्नको प्रकृति चाहिँ देशभरकै प्रश्नलाई समेटिएको छ। हामी अहिले पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछौं। मोटामोटी त्यसको तयारीमा लागेको छु। केन्द्रीय समितिको बैठकको मुखमा तपाईहरुले पार्टीको के समस्या छन् के जिज्ञासा छन भनेर जसरी संश्लेशितरुपमा राख्नुभएको मैले के महसुस गरें भने तपाईहरुको रिपोर्टले केन्द्रीय समितिको बैठक संचालनमा धेरै ठूलो सहयोग गर्छ भन्ने लागेको छ।

यसले बैठकमा लिने निर्णयलाई पनि केही केही प्रभावित पार्यो पार्छ। बैठकको तयारीसँग सम्बन्धित हेडक्वार्टरले केही प्रक्रिया सुरु गरेको त्यसमा पनि राम्रो मद्दत गर्यो भन्ने लागेको छ। त्यस कारण तेस्रो डिभिजनका डिभिजन कमान्डरदेखि तपाईहरु सबै कमरेडलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु।

मैले कमरेड विविध तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम सँग केन्द्रीय समितिको बैठक पछि राखे पनि हुन्थ्यो यो प्रशिक्षण तपाइँले अगाडि राख्नुभयो अलि मिलेन कि भनेको थिएँ। तर तपाईहरुको रिपोर्ट सुनिसकेपछि मलाई अहिले ठीकै समयमा राखियोजस्तो लाग्यो। यो रिपोर्टले हामीले सम्बोधन गर्नुपर्ने विषय कहाँ भन्ने राम्रोसँग वोध गरायो। हाम्रा सातवटै डिभिजनमा बैठकपछि प्रशिक्षण गर्नु आवश्यक छ। त्यो पनि गरौंला। तर यो चाहिँ केन्द्रीय समितिको बैठकको तयारीको प्रशिक्षण हुन पुग्यो। यस अर्थमा यो महत्वपूर्ण रहयो भन्ने मलाई लागेको छ। अनुभूतिको तहमा यो प्रशिक्षणका क्रममा कमरेडहरुलाई यति कुरा राख्न चाहान्छु।

विषयवस्तुको दृष्टिकोणले तपाईहरुले उठाएका प्रश्नमा विस्तारमा जाने हो भने दुई चार घन्टा पाच सात घन्टा छलफल गनुपर्ने देखिन्छ। किनकि समग्र कार्यदिशाका बारेमा रणनीतिका बारेमा समग्र क्रान्तिका बारेमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारेमा सेना समायोजनदेखि लिएर शुद्धीकरणदेखि लिएर सबै विषय परेका छन्। यी यस्ता विषय छन् जसका बारेमा घन्टौं छलफल गर्दा पनि कमै हुन्छ। अहिले हामीसँग एक घन्टा पनि समय छैन। योभित्र यी सबै विषय समेटेर तपाईंको जिज्ञासा कति मेट्न सकिन्छ भन्ने कुरा अलिकति कठिनै प्रश्न छजस्तो लाग्छ। तर फेरि तपाईहरुले जे प्रश्न उठाउनुभएको त्यसका बारेमा तपाईंहरुले बुझ्नुभएको छैन भन्ने मलाई चाहिँ लाग्दैन। धेरैजसोले बुझ्नुभएको छ। कार्यदिशा के हो रणनीति कार्यनीति के हो शुद्धीकरण के हो भन्ने तपाईंहरुले बुझ्नुभएको छ।

अलिकति जोड कोणमा मात्रै स्पष्ट नभएको हुन सक्छ। तर आधारभूतरुले मात्रै तपाईंहरुले उठाएका प्रश्न अत्यन्त नौलो उत्तर दिनुपर्छ भन्ने मलाई लागेको छैन। यी पुरानै प्रश्न हुन् यिनका बारेमा धेरै पटक छलफल भइरहेका प्रश्न हुन् त्यसैले तपाईहरुलाई मोटामोटी थाहा त्यसैले मैले छोटो उत्तर पनि पर्याप्त हुन्छ भन्ने ठानेको छु।

यो प्रसंगमा कमरेडहरु हामी नेपाली क्रान्तिको मात्रै होइन विश्व क्रान्तिको पनि असाध्यै महत्वपूर्ण क्षणमा छौं। महत्वपूर्ण प्रयोगमा छौं विचारको खाली नेपाली क्रान्तिको निम्तिमात्रै होइन विश्व क्रान्तिका निम्ति पनि विचारको नयाँ प्रयोगको चरणमा छौं हामी। त्यसकारण हामीले उठाउने प्रश्न खाली हाम्रो पार्टी जनमुक्ति सेना जनयुद्ध अथवा हाम्रो क्रान्तिसँग मात्रै सम्बन्धित छैनन्। यो विश्व कम्युनिस्ट आन्दोलन विश्व सर्वहारा वर्ग विश्वभरका श्रमजीवी जनता विश्व क्रान्ति विश्व साम्राज्यवादसँग सम्बन्धित छन् यी प्रश्न। त्यसैले हामीले बुझ्दा फेरि के बुझ्नुपर्यो भने विश्वको सबभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टी भएको नाताले सबभन्दा अगाडि बढेको आन्दोलनको नाता विचार रणनीति कार्यनीतिको दृष्टिकोणले पनि सबभन्दा नयाँ स्तरमा उठेको पार्टी हुनुको नाताले पनि हाम्रा प्रश्न विस्तारै सार्वभौम हुँदै जान थालेका छन्। विश्वव्यापी महत्वका प्रश्न हुन थालेका छन्। पहिला हामी जनयुद्धको तयारीका बेलामा उठाउने गरेको प्रश्न हाम्रा प्रश्न हुन्थे हाम्रा देशका प्रश्न हुन्थे हाम्रो पार्टीका प्रश्न हुन्थे हाम्रो रणनीति कार्यनीतिका प्रश्न हुन्थे दस वर्ष लडेर अहिले फेरि शान्ति प्रक्रियामा पनि हामी लडिराखेकै छौ भिन्न ढंगले। यो लडाइँसम्म आउँदा हाम्रा प्रश्नको चरित्र राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेका छन्। हाम्रो हस्तक्षपको प्रकृति राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेको छ।

एक वर्षदेखि तपाइँहरु शिविरमा बस्नुभएको विभिन्न ठाउँमा उपस्थित भएर तर तपाईं हाम्रा दिमाग प्रश्न फेरि एक ठाउँमा केन्द्रीत छैनन् विश्वव्यापी महत्वका छन्। तपाइँहरुले रिपोर्टमा केही राखेका प्रश्न अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका छन्। किनकि दस वर्षको जनयुद्धमा हाम्रा सोच संस्कार अन्तर्राष्ट्रियकरण भइसकेका छन्।

त्यसैले सबै प्रश्नको साझा उत्तर के हुन्छ भनेर मैले सोच्दै गएँ। एउटैमा खाँदेर यसको उत्तर कसरी दिन सकिएला के गरेर बुझाउन सकिएला भन्ने मैले सोचिरहेको थिएँ।

तपाइँहरुलाई पार्टीले धेरै सम्झौता गर्न थाल्यो कि क्या हो विद्रोह गर्न छाडेर भन्ने प्रश्न गर्नुभएको छ। अथवा चुनावमा जाने भनेकै विद्रोह गर्ने भनेको हो कि होइन। चुनाव विद्रोहको चाहिँ आपसमा तालमेल कति होला चुनावी आन्दोलन विद्रोहको तयारी अथवा क्रान्तिको तयारी हामीले के भनेका छौ भने हाम्रो युद्धको तयारीमा क्रान्तिको तयारीको विकासका क्रममा रणनीतिक प्रत्याक्रमणमा छौ भनेका छौ हामी। हामी फर्केर रणीनतिक रक्षामा गएको भनेका छैनौ हामीले युद्ध छाडेको पनि भनेका छैनौं। भलै कूटनीतिक भषा प्रयोगमा चाहिँ को को सँग के के गरियो छोड्दिउ अहिलेलाई। आफ्नो भाषामा हाम्रो डकुमेन्टमा हामीले रणीपनतिक प्रत्याक्रमणकै चराणमा भएको उल्लेख गरेका छौ

रणनीतिक रक्षा रणनीतिक सन्तुलन पार गरेर प्रत्याक्रमणको चरणमा कार्यनीति चाहिँ चक्ररदार अपनाइरहेका छौ रणनीतिक प्रत्याक्रमणलाई सफल पार्नका निम्ती किनकि जनयुद्धको चरणमा पनि घुमघुमाउ चक्ररदार बाटा हिंडेर नै रक्षाको चरणमा हामीले जनयुद्धका पहल गरेका थियौं भने अहिले प्रत्याक्रमणको चरणमा पनि फेरि हामीले नयाँ तरिकाले गरेका छौं। नयाँ कार्यनीतिद्वारा प्रत्याक्रमणको तयारी गरेका छौं त्यसैले रणनीतिक दृष्टिकोणले यहाँ केही भ्रम हनुपर्ने कारण छैन। हामी रणनीति प्रत्याक्रमणबाट भड्किएका छैनौ। कमसेकम हाम्रो उद्धेश्य के भने प्रत्याक्रमण नौलो तरीकाबाट सफल पार्ने उद्धेश्य छ।

तपाईंहरुलाई छिटो छिटो शिविरबाट हतियार झिकेर अथवा कहीँ बाहिरबाट हतियार ल्याएर आक्रमण गर्ने कहिले आउला भन्ने पनि लाग्छ होला। त्यस्तो बाटो नअपनाएर यस्तो बाटो किन अपनाइयो भन्ने प्रश्न पनि हुने भयो। अस्ति विद्रोह गर्ने कुरा गरेको थियो मंसिरमा हुन्छ कि विद्रोह भनेको फेरि मंसीरमा चुनावमा जाने निर्णय भयो पार्टीले हेर्दाखेरी यो प्रश्न सानोजस्तो लाग्छ तर यो प्रश्नसाग पूरै संसार जोडिएको छ। धेरै प्रश्न जोडिएको यो प्रश्नसँग। त्यसैले के भन्छु कमरेडहरु हामीले जे कार्यनीति अपनाएका छौं त्यो अहिलेको कार्यनीति होइन त्यो अलि पहिलाका कार्यनीति हो। हामीले कस्ता रणीनति अपनाउँछौं भन्ने कुरा हाम्रो समग्र सोचसँग सम्बन्धित छ। तपाइँ सीधा जान चाहान्छु भने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमै जानुपर्ने हुन्छ। दोस्रो राष्ट्रिय सम्मेलनमा हामीले दीर्घकालीन जनयुद्ध हाम्रो सशस्त्र विद्रोहका कार्यदिशाको फ्युजन गरेर नयाँ कार्यिदशा बनाउनुपर्छ भनेर आजभन्दा आठ वर्षअघि सम्मेलनद्वारा पारित निर्णयमा भनिएको हामी जहाँ गयो त्यहाँ जानुपर्ने हुन्छ पार्टीको अहिलेको कार्यनीति बझ्नलाई। किनभने दीर्घकालीन जनुद्धको बाटोबाट जाँदा त्यही रणीनति कार्यनीतिको डरमा अघि बढिरहन्छ। दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको पनि फ्युजन गर्नुपर्छ नत्र जनयुद्ध सफल हुँदैन भनेर दोस्रो राष्ट्रिय सम्मेलनमा भनेका छौ। त्यसपछि हाम्रो कार्यनीति फेरिएको छ।

आम सशस्त्र विद्रोहको कार्यदिशा भनेको सशस्त्र पनि शान्तिपूर्णपनि कार्यदिशा हो दीर्घकालिन जनयुद्धको कार्यदिशाभित्र शान्तिपूर्ण कार्यदिशा पर्दै पर्दैन भन्ने हुदैन सैद्धान्तीक रुपले अथवा कम पर्छ वा पर्दैन बराबर हुन्छ दीर्घकालीन जनयुद्धभित्र शान्तिपुर्ण रणनीति भन्ने असाध्यै कम हुन्छ आम सशस्त्र विद्रोहको कार्यनीति अन्तर्गत संगठनको पूर्ण आन्दोलनको धेरू महत्व हुन्छ
शान्तिपूर्ण आन्दोलन गर्दा लगेर एउटा विन्दुमा लगेर जनतालाई विद्रोह गर्ने भन्ने हुन्छ। हाम्रो पूरै दीर्घकालीन जनयुद्ध पनि होइन पूरै सशस्त्र विद्राह पनि बनाएका छैनौ। हामीले सशस्त्र विद्रोहका पनि केही कार्यनीति दीघकालीन जनयुद्धका पनि कार्यनीति मिसाएर फौजी कार्यदिशा तय गरेका छौं।

साथीहरुले अहिलेको मात्रै रुप हेर्छन आत्तिन्छन् हामी थोकेकोजस्ता ठान्छन् त्यसरी हेर्न हुँदैन। हामीले यो कार्यनीति पारित गरेदेखि हाम्रो सेनासँग लडाई भयो ब्यारेकहरु कब्जा गर्ने ठूला लडाइँ हामीले त्यो भनेपछि गरेका छौं। दीर्घकालीन जनयुद्धभित्र शान्तिपूर्ण कार्यनीतिको मात्रा अत्यन्तै कम हुन्छ अथवा हुँदैन बराबर पनि भन्न सकिन्छ। तर आम विद्राहको कार्यनीतिभित्र शान्तिपूर्ण सघर्षको लामो प्रक्रिया हुन्छ। माओले क्रान्ति गर्दा सानो छापामार टिमबाट सुरु गरेर बताउँदै लगेर पुरै सत्ता कब्जा गर्ने खालको भयो। त्यो दीर्घकालीन जनयुद्धको रणीनतिअन्तगैत भयो।

लेनिनले सशस्त्र विद्रोहको राण्नीतिअन्तर्गत क्रान्ति गर्दा लगातार २५ वर्ष शान्तिपूर्ण संघर्ष गरेर अन्तिममा पहिलो विश्वयुद्ध भएर जताततै संकट भएको वेलामा उहाँले केही दिन विद्रोह गर्ने बित्तिकै सत्ता कब्जा भईहाल्यो त्यसकारण लामो शान्तिपुर्ण संघर्ष थोरै सशस्त्र विद्रोह त्यो हो सशस्त्र विद्रोहको रणनीति। लामो सशस्त्र विद्रोह छोटो शान्तिपूर्ण आन्दोलन यो हो दर्धिकालीन जनयुद्धको रणनीति। हामीले यी दुवैको फ्युजन गरेपछि हाम्रो कार्यनीति रणनीति भिन्न हुने भए। नौलो हुने भए। त्यसैले पहिला हामी यहाँ गहिरो गरेर बुझ्न जरुरी छ। त्यस कारण तीनपटकसम्म वार्तामा किन बस्यौ होला। संविधानसभा भयो भने हामी आउन तयार छौं पनि भन्यौं होला। किनभने हामीले दुइटा रणनीतिको फ्युजन भनकै बेला संविधानसभा गणतन्त्र सर्वपक्षीय सम्मेलनको माग गर्यौ। एकातिर फौजी रणनीति यथावत राख्नु उता राजनीतिमा चाही संविधानसभा गोलमेच सम्मेलन अन्तरिम सरकार भनेर भन्नुको बीचमा गहिरो सम्बन्ध छ। त्यस कारण आज तपाईं हामी जे भोगिरहेका छौं त्यसको वैचारिक जरा रणनीतिक जरा कार्यनीतिको श्रृंखलाको जरा दास्रो राष्ट्रिय सम्मेलनसँग छ। त्यसकारण यदि कसैले हामीले अहिले लिएको कार्यनीति गलत भन्छ भने त्यसले हाम्रो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन गलत भन्नुपर्ने हुन्छ। तपाईं हामी कोही भ्रमित हौं। अहिले आएर यो रणनीति गलत भन्छ भने कि त्यसले राजनीति केही पनि बुझेको छैन या अवसरवादमा पतन भइसकेको भन्ने मात्रै हुन्छ।

हामी पहिलोपटक वार्तामा बस्दा हामी सेनासँग लडेकै थिएनौं। खाली पुलिससँग मात्रै लडेका थियौं पुलिसलाई चाहिँ हामीले पराजित गरिसकेका थियौँ। प्रहरी शक्तिमाथि कोही पनि हावी भइसकेका थियौ। रुकुमकोटको लडाई पछिल्लो होलेरीको लडाईसम्म आउँदा हामीले जितिसकेका थियौं। सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ। संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ। दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो। सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौ। सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ। संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ। दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो। सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौं। तपाइँ विचार गर्नुस् त्यो बेलामा देउवाले मानेको भएका अहिलेको कार्यनीति हामी त्यति बेलै प्रयोग गर्थ्यौं। त्यतिबेला नमानेपछि हामीले दाङ कारबाहीलगायत ठूला फौजी वादविवादको राजनीति तिर हामी अगाडि यौ। यो रणनीति लेनिनको माओको क्रान्तिको रणनीतिलाई फ्युजन गरेर नेपाली क्रान्तिले एक्काइसौ सताव्दीमा नयाँ कार्यनीति बनाउनेतिर यो परिलक्षित छ। अहिले केही साथीहरुको माग खराब बिन्दुमा पुगेको छ।

दोस्रो वार्ताका बेलामा ज्ञानेन्द्रले करिब करिब शक्ति लिएको थियो असोज १८ पछि। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेलामा हामीले शाही सेनालाई आस्तु आस्तु पारेका थियौ। त्यती बेला शाही सेनाका हाकिमलाई सकिदैन रहेछ जनमुक्ति सेनालाई भन्ने परेको थियो। भारतीय शासक वर्ग पनि माओवादीलाई दवाएर सकिदैन भन्ने निष्कर्षमा पुगिसकेको थियो। नसकिने अनुभूति उनीहरुलाई हुन थालेकॊ थियो। पार्टीलाई डिल गर्नुपर्छ माओवादीलाई भन्ने भएको थियो।  त्यति बॆला हामी फेरि वार्तामा आयौं। दास्रोपटक अलि माथिबाट वार्तामा आयौं। पहिलेको भन्दा एक तह माथिबाट वार्तामा आयौ। त्यतिबेला पनि हाम्रो कुरो त्यही नै थियो। संविधानसभा हुन्छ भने हामी युद्धविराम गरेर आउन तयार छौ भनेका थियौं। हुन हुन खोजेको पनि थियो। पाँच किलो मिटरको फर्मुलाअनुसार शाही सेना जान नपाउने भन्ने भएको थियो। त्यतिबेला वार्ता सफल भएको भए अहिले जे गरेका छौ त्यो त्यतिबेलै भाग्थ्यौं। त्यसपछि के हुन्थ्यो भन्ने कुरा सोच्नु होला तपाईहरु। त्यसपछि फेरि हामी लडाइँमा गयौं। तर लडाई हामी नौलो तरीकाले लड्यौं। पहिलाभन्दा अझ नयाँ नयाँ कार्यनीति बनाउँदै लड्यौ। त्यतिबेला उनीहरुको अपरेसन बढ्दै गयो। तारबार तोड्न सजिलो भएन हामीलाई। हामी धेरै तारवारमा अल्झियौ भन्ने छँदैछ। तर हामीले उसलाई अर्को ढंगले सातो खायौं फेरि। मेचीदेखि महाकालीसम्मका राजमार्गमा हामीले करिब करिब कबजा जमायौं। उसको हालत खराब हामीले राजमार्गमा पार्यौं। सहर बजारको नजिक नविजक आएर सेनालाई आतंकित गर्ने सताउने काम हामीले गर्यौं। यो नयाँ रणनीति थियो। त्यतिबेला ब्यारेकबाट बाहिर निकालेर ठोक्ने वा ब्यारेकमा कैद गरेर धरासायी पार्ने नीति बनायौं त्यो नीतिअनुसार लडेर फेरि दुई वर्ष लडिसकेपछि स्थिति अर्को ठाँउमा पुग्यो। ज्ञानेन्द्रले पूरै सत्ता लिन खोज्यौ। यसरी हुन्छ कि भन्ने ठाने उनीहरुले त्यो उनको मूर्खता थियो। हामीले हाम्रो राजनीतिक कार्यनीति प्रयोगको भूमि तयार भयो। त्यसैको परिणाम १२ बुँदे सहमति थियो। भारतमा गएर भयो भारतले गरायो कि भनेर कसैले शंका गर्छन् त्यो सिल्ली कुरा हो। त्यो हाम्रो पार्टीले गर्दा नै भएको हो। हाम्रो लडाइ जनयुद्धले गर्दा भएको हो। हाम्रो पार्टीको नेतृत्वमा भएको हस्तक्षेपको कारणले १२ बुँदे सहमति भएको हो

१२ बुँदेपछि मूलतः हाम्रा नारा स्थापित भए। संविधानसभा गर्नेमा सबै सहमत भए। त्यहाभित्र बेइमानप् छलपकट षड्यन्त्र सबै तर पनि संविधानसभा गर्ने भन्ने भयो। कोण फरक फरक छन् पनि राज्यको पुनस्रंरचना गर्नेमा सहमत भए।  यो पनि हाम्रै एजेण्डा हो त्यसमा पनि सबै सहमत भए। यी कुरा १२ बुँदे अन्तरीम संविधानमा सबै छ। यो पनि हाम्रो जित भयो। त्यसपछि गणतन्त्रतिर जाने भन्ने कुरा भयो। यी फटाहाले गणतान्त्रिक संविधानमा लेख्न ज्यान गए मान्दैनन् भन्ने लाग्थ्यो हामीलाई तर अहिले प्रेसर गर्दै लैजाँदा गाण्तन्त्र लेखियो। गणतन्त्र लेखिनु नै माओवादीको नैतिक विजय हो। यो हाम्रो एजेन्डामा सबै सहमत भएको हो। तर यहाँसम्म आएर पनि फर्कन सक्छ। लेखेको गणतन्त्र च्यातेर फेरि राजतन्त्र पनि लेखिन सक्छ संविधानमा। अहिले जे भयो हाम्रो पार्टीको कारण भयो।
कहिले भारतको कहिले अमेरीकाको पछि लागेको जस्तो देखिन्छ कहिले दरबारतिर पछि लागेको जस्तो देखिन्छ भन्छन् नि तिनले कुरा बुझेका छैनन्। हाम्रो पार्टीका चरित्र विशेषता विचार हाम्रो लाइनको मौलिकतालाई नबुझेकाले भन्ने कुरा हो त्यो। किन यस्तो गर्नुपर्यो सीधा हिड्छौ भनेका सबै सक्किए संसारमा। यो कुरा नबिर्सनुहोला। तपाइँहरुले झन् गहिरो गरी बुझ्न जरुरी छ। सीधा लडाइँबाट मात्रै जित्छौंभन्दा संसारभर कम्युनिष्ट पाटी सकिए क्रान्ति सकियो सेना सकियो मान्छे करोडौ मरे वलिदान ठूलो भयो उपलब्धि केही पनि भएन। यो पाटो तपाईंहरुले सोच्नु भएको हो भने हाम्रो कार्यनीति बुझ्नै सक्नु हुन्न्। त्यसैले नबुझीकन यो पार्टीको कहिले अग्ररुप देखिन्छ कहिले अत्यन्त दक्षिणपन्थी देखिन्छ तर सार हेर्ने हो भने जहिल पनि क्रान्तिलाई अगाडि बढाउनेछ।

माओको चीनमा जनवादी क्रान्ति सफल भएपछि संसारभरका कम्युनीष्ट पार्टी त्यसमा पनि हाम्रोजस्तो गरीब देशका सबैले माओको बाटो हाम्रो बाटो हो भन्न थाले। तेस्रो विश्वका सबै कम्युनीष्ट पार्टीले माओकै रणनीति अपनाउन थाले। जस्तै बर्मामा त्यसरी नै क्रान्ति गर्ने भनेर लागे। हजारौंले बलिदानी दिए तर एउटा विन्दुमा गए त्यो ध्वस्त हुनसक्थ्यो। अहिले त्यहा पार्टी छैन पचासौ वर्षदेखि सैनिक तानाशाही चलिरहेको छ। मलायमा पनि क्रान्ति भयो तर अन्ततः सकियो। माओ छँदै सुरु गरेको भनेको फिलिपिन्समा पनि अहिले श्वास मात्रै वाँकी छ। टर्कीमा पनि माओको वाटोमा हिड्दा अहिले सकियो। त्यो भन्दा पनि ठूलो पेरुको कम्युनिष्ट पार्टीले हामीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडी राम्रोसँग जनयुद्ध हाँकेको थियो। तर पछि त्यहाँका नेता गोन्जालोलगायतका सबै केन्द्रीय समिति दुस्मनहरुको हातमा पर्यो। त्यसपछि युद्ध पनि भताभुंग भयो अहिले त्यहाँ कही कम्युनिस्टको नाम निशाना भेटिदैन। त्यसैले हाम्रो पार्टीले बीचको रणनीति लिएको हो। अहिले माओवादीलाई देखेर विस्तारवादी साम्राज्यवादी तिन चित खाएका छन्
देशभित्र अलि अगाडि हाम्रो ग्राफ अलिकति घट्न थालेको थियो त्यो अहिले बढेको हेर्दै जानुहोला अब बढ्दै बढ्दै जान्छ हाम्रो ग्राफ त्यसैले पार्टीले हाम्रो लाइनले नेतृत्वले जहाज हाँकेको हो यो कसैको नक्कल गरेको होइन यो हाम्रो आफ्नै मोडल हो हामीले हाम्रो देशमा कसरी लड्नुपर्छ भनेर अध्ययन गरेका छौं त्यही भएर हामी टिकेर यहाँसम्म आएका हुन् वार्ता पनि चाहिँदैन केही पनि चाहिँदैन भन्दा हामी सीधै सक्किन पनि सक्थ्यौ किनभने संसार हाम्रो छैन नि कही पनि हाम्रा मान्छे छैनन् सरकार सत्तामा कहीँ सरकारमा नभएको बेलामा क्रान्तिलाई टिकाएर अगाडी बढाउने भन्ने कुरा कम चुनौतीपूर्ण होइन।

अहिले पनि हामी प्रत्याक्रमणकै तयारी गर्दैछौं कतिपय साथीलाई सीडीओलाई पिट्दा क्रान्ति हुन्थ्यो कि भुमिसुधार कार्यालय जलाउँदा क्रान्ति हुन्थ्यो कि जस्तो लगेको पनि हुन सक्छ। तर त्यसरी क्रान्ति हुँदैन। योजनामा हुन्छ क्रान्ति। रणनीतिमा हुन्छ क्रान्ति। कार्यनीतिमा हुन्छ क्रान्ति समग्र विश्लेषण संश्लेषणमा हुन्छ क्रान्ति। यसरी तपाईंले हेर्नुभयो भने पार्टीले गरेको रणनीति चाहिँ धेरै महान भन्न सकिन्छ। यो विश्वभर नै केही नयाँ चीज दिने उद्धेश्यको साथ नेपाली क्रान्तिलाई सफलतामा डोर्याउने उद्धेश्यका साथ नितान्त नौलो प्रयोग गरिदैछ। त्यो प्रयोग चुनौतीपूर्ण जोखिपुर्ण छन्। किनभन् कुनै पनि नयाँ प्रयोग चुनौती जोखिमभन्दा बाहिर हुँदैन। त्यसैले हिजो मेसिन गन लिएर दुश्मनलाई मन मार्ने लडाई थियो रुपमा अहिले दुश्मनको अगाडि सँगै बसेर टेवलमा गफ गर्दै चिया खादै लडिएको छ। त्यसैले रुप हेर्दा धेरैफरक तर सार हेर्दा दुइटै

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.